रेडियो जननीको अन्तरक्रिया कार्यक्रम, स्थानीय उत्पादनलाई प्राथमिकता

पाेखरा | असार १४, २०८१

रेडियो जननीको अन्तरक्रिया कार्यक्रम, स्थानीय उत्पादनलाई प्राथमिकता

पोखरा:   स्थानीय स्रोत साधनको प्रयोग गरेर उद्यमी बन्न सकिने पोखरामा शुक्रबार आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । 


रेडियो जननी ९०.६ मेगाहर्जको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. ८ र पद्मावती हस्तकला उद्योगको सहयोगमा आयोजित रोजगारमुलक सीपको आवश्यकता तथा बजार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उद्यमशिलताको लागि स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । 


कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा पोखरा महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष रुद्रनाथ बरालले खेर गैरहेको सामाग्री प्रयोग गरेर पनि उद्यमी बन्न सकिने बताउनुभयो । उहाँले वडावासीमा उद्यमी बन्नको लागि कस्तो सीप आवश्यक छ अथवा कस्तो तालिमको माग हुन्छ, त्यस किसिमको तालिमको आयोजना वडाले गर्ने प्रतिवद्धता जनाउनुभयो । उद्यमशिलताको विकासको लागि वडा कार्यालय स्थानिय संघसंस्थासँग हातेमालो गरेर जान तयार रहेको उल्लेख गर्नुभयो ।


पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखाका प्रमुख मनोहरी कडरियाले आफूले निर्माण गरेको सामाग्री आफैले पहिले प्रयोग गर्ने बानीको विकास गर्न सके स्थानीय उत्पादित वस्तुको उपयोगीता बढ्ने बताउनुभयो । त्यसले गर्दा बजार व्यवस्थापनमा टेवा पुग्ने उहाँको भनाई छ ।


पद्मावती हस्तकला उद्योगका प्रोपाइटर तथा रेडियो जननीका अध्यक्ष हिरा भट्टराईले स्थानीय स्रोत साधन र खेर गएको सामाग्रीको उपयोग गरेर दैनिक जीवनमा आवश्यक वस्तुहरु निर्माण गर्न सकिने जानकारी दिनुभयो । उक्त निर्माण गरेको सामाग्री बिक्री गरेर आर्थिक उपार्जन गर्न सकिने उहाँको भनाई थियो ।
 

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वाणिज्य तर्फका उपाध्यक्ष उत्तममान बुद्धाचार्य, पोखरा व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी, पर्यटन तथा घरेलु कार्यालयका प्रमुख महराज ढकाल, आमा मिलन केन्द्रका अध्यक्ष इन्दिरा पौडेलले लगायतले उद्यमशिलताको विषयमा बोलेका थिए ।

 

 

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्

लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र  अल जजिराले उद्धृत गरे अनुसार दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ ।   रिपोर्टका अनुसार, सुरुमा द...

थप पढ्नुहोस्